ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ । अचेत अवस्थामा भेटिएपछी उपचारका क्रममा स्टार अस्पतालमा लगिएकी उनलाई आज मृत घोषित गरिएको थियो ।
अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको हो ।
मुना अचेत अवस्थामा र कामदार विजय चौधरी झुण्डिएको अवस्थामा फेला परेका भनिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले हत्यापछि आत्महत्या गरेको खुलेको छ ।
घटनाको जानकारी पाएपछि १२ बजे महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईसहितको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा चौधरी डाइनिङ हलमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।








