दिल्ली विधानसभा चुनाव : केजरिवालको आम आदमी पार्टीले स्पष्ट बहुमत ल्याउदै



दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । बिहान साढे ९ बजेसम्मको मतपरिणाम अनुसार आप ५३, भाजपा, १६ र कँग्रेसले १ सिटमा अग्रता बनाएको छ । उक्त मतपरिणाम अनुसार आम पार्टी आम आदमी पार्टी स्पष्ट बहुमत ल्याउनेगरी अगाडि छ । यसले यसपटक पनि अरविन्द केजरीवाल नै मुख्यमन्त्री बन्ने देखाएको छ ।

बिहान साढे ९ बजेसम्मको मतपरिणाम अनुसार आप ५३, भाजपा, १६ र कँग्रेसले १ सिटमा अग्रता बनाएको छ ।

गत फेब्रुअरी ८ मा दिल्ली विधानसभाको ७० सिटका लागि निर्वाचन भएको थियो । अघिल्लो निर्वाचनमा आम आदमी पार्टीले कूल ७० सिटमध्ये ६७ सिट जितेको थियो र भाजपाले ३ सिट जितेको थियो । कांग्रेस शून्य थियो ।

यसपटक ६२।५९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

दिल्लीमा अहिले पनि आप कै सरकार छ । भाजपाले दिल्लीमा पछिल्लो २२ वर्षदेखि सरकार बनाउन सकेको छैन भने कँग्रेस पनि ७ वर्षदेखि सत्ता बाहिर छ ।

मतगणना अघि उपमुख्यमन्त्री मनिष सिसोडियाले भनेका थिए, ‘हामी यो चुनाव जित्नेमा ढुक्क छौँ किनभने पछिल्लो ५ वर्ष हामीले जनताको लागि काम गरेका छौँ ।’

यसअघि, सबै एक्जिट पोलमा आपले नै सजिलै बहुमत हासिल गर्ने देखिएको थियो ।

प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार  ५ : ४६ बजे