नेपाल चिकित्सक संघको चुनावमा कांग्रेस निकट समुहबाट अध्यक्षसहित सबै पदाधिकारी निर्बाचित



नेपाल चिकित्सक संघको अध्यक्षमा कांग्रेस निकट लोकतान्त्रीक समुहका डा. लोचन कार्की निर्वाचित भएका छन्।  कार्कीले ४ हजार १११ मत ल्याएर बिजयी भएका हुन्। नेकपा निकटको पेशागत समावेशी समूहका डा .पुष्पमणि खरालले १ हजार ९ सय ७९ मत पाएका छन् । डा .कार्की २ हजार १ सय ३२ मतअन्तरले निर्बाचित भए ।

बरिष्ठ उपाध्यक्षमा डा. शिबप्रसाद श्रेष्ठले ३ हजार ५९५, उपाध्यक्षमा डा.अनिलबिक्रम कार्कीले ३ हजार ९४५, महासचिवमा डा. बद्री रिजालले २ हजार ४३१, कोषाध्यक्षमा डा.प्रकाश बुढाथोकीले ३ हजार २७८, सहसचिवमा डा. निरजकुमार सिंहले ३ हजार ७९० र सहकोषाध्यक्षमा डा. विश्वलराज दवाडीले ३ हजार ९३५ मत पाएर बिजयी भएका छन्।

संघमा एक जना सदस्य मात्रै सत्तारुढ नेकपा निकट समुहबाटबाट निर्वाचत भए ।

अध्यक्षमा निर्वाचित भएसँगै डा।कार्कीले चिकित्सकको हकहितसँगै संविधान प्रदत्त नागरिकको स्वास्थ्य अधिकारको रक्षा र कार्यान्वयनका लागि व्यबसायीक संस्थाको नेतृत्वको रुपमा ठोस काम गर्ने बताएका छन्।

प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार  ६ : २१ बजे