प्रहरी महानिरीक्षक छान्न आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै



आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

हिजो बसेको बैठकमा प्रहरी महानिरिक्षक (आईजीपी) चयन हुन नसकेपछि आज बैठक बस्न लागेको बालुवाटार श्रोतले जनाएको छ ।

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको आजदेखि सेवा अवधी सकिनेभएकोले सरकारले आज डिआईजीमध्येबाट एकजनालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्नुपर्नेछ ।

प्रहरी ममहानिरीक्षक खनालको सेवा अवधीको समय थप गर्ने सम्भाबना रहेको पनि बताइएको छ ।

त्यस अतिरिक्त डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल, सूर्य उपाध्यायमध्येबाट महानिरीक्षक नियुक्ति हुने सम्भाबना रहेको छ ।

प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार  ६ : ३५ बजे