सरकारले ठाकुरप्रसाद ज्ञवालीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं आइजीपीमा बढुवा गरेको हो । ज्ञवाली डिआइजीका रुपमा प्रदेश नम्बर एकको प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।
३० वर्षे सेवा अवधिको प्रावधान परिवर्तन नभए सम्म ज्ञवालीलाई ५ महिनाका लागि प्रहरी संगठनको जिम्मा दिइएको छ ।
यस अघिका आइजीपी सर्वेन्द्र खनालसहितका उनका ब्याची एआइजी र डिआइजीहरु आजबाट ३० वर्षे सेवावधि पूरा गरी अवकाश पाएका छन ।खनालसँगै एआइजीहरु पुष्कर कार्की, ठुले राई, धीरु बस्नेतका अलावा डेढ दर्जन जति डिआइजीले आजैबाट सेवावधि पूरा गरी अवकाश पाएका छन् । प्रहरीमा तीन एआइजीसहित दुई दर्जन डिआइजीको दरबन्दी खाली भएको छ ।








