बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथी मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर



बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथी समेत मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

उक्त प्रकरणस्मा अख्तियारको निर्णयलाई चुनौती दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले बुधबार सर्वोेच्च अदालतमा रिट दर्ता गराएका हुन्।

अख्तियारले कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिनु गैरकानुनी भएकाे रिटमा उल्लेख छ ।

सरकारी जग्गा व्यक्तिकाे बनाउने निर्णय नीतिगत हुन नसक्ने भएकाले माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथी समेत मुद्दा दायर गर्न अन्तरिम आदेशकाे माग रिटमा गरिएकाे छ।

माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

अख्तियारले माघ २३ गते बिशेष अदालतमा मु’द्दा दर्ता गर्दा पूर्वप्रधानमन्त्री’द्धय नेपाल र भट्टराई सहित, तत्कालीन मुख्य सचिव लिलामणी पौडेल, पूर्व का’नुन् व्यवसायी तथा न्यायाधीश कुमार रेग्मी, नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल लगाएतलाई उन्मुक्ति दिएपछि उनिहरुमाथी पनि छानबिन हुनुपर्ने माग नागरिक स्तरमा समेत उठेको छ ।

प्रकाशित मिति : माघ २९, २०७६ बुधबार  १० : १८ बजे