नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टिको क्रीयाशिल सदस्यता बितरण गर्ने कार्यतालिका प्रकाशित गरेको छ ।
पार्टी कार्यलय बीपी स्मृति भवन सानेपा ललितपुरमा आज बसेको बैठकले क्रीयाशिल सदस्यता बितरण गर्ने कार्यतालिका प्रकाशित गरेको हो ।
आजको निर्णय अनुसार वडामा हाल विद्यमान नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गरिने निर्णय गरेको छ ।
त्यसै गरी बैठकले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागु हुने गरी बिधानका केहि धाराहरु समेत निलम्वन गर्ने निर्णय गरेको छ ।बिधानका धाराहरु निलम्वन गर्ने निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइने कांग्रेसले जनाएको छ ।
बैठकका निर्णयहरु-
निर्णय नं. १
(क) नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण र नविकरण गर्न तथा पार्टीका विभिन्न तहका सांगठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्न तयार गरिएको कार्यतालिका कार्यान्वयनका लागि नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ७१ र ५० ९५० बमोजिमको अधिकार प्रयोग गरी यसै विधानका देहाय बमोजिमका व्यवस्थालाई पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागु हुने गरी निलम्वन गर्ने । यस निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइनेछ ।
धारा ४ (२) – “एक वर्ष पुगेपछि”
धारा ४ (१०) (ञ) –“छ महिना”
धारा ४ (१२) (ख) – “नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको”
धारा ३५ (२) (घ) – “भन्दा कम्तिमा एक वर्ष” र “तीन महिना”
धारा ५० (६) – “छ महिना अगावै” र “छ महिना”
(ख) वडामा हाल विद्यमान नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने ।
तर, कुनै वडामा विधान बमोजिम वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि आवश्यक पर्ने संख्या भन्दा क्रियाशील सदस्यताको संख्या कम भएमा विधान बमोजिम कार्यसमिति र क्षेत्रीय प्रतिनिधि हुन आवश्यक पर्ने संख्यासम्म क्रियाशील सदस्यता वितरण गर्न सकिनेछ ।
(ग) नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसंख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशीतालाई ध्यानमा राखी वितरण गर्ने ।
निर्णय नं. २
१- नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनको कार्य कतिपय जिल्लाहरुमा हालसम्म पनि सम्पन्न नभई सकेकोले क्रियाशील सदस्यता वितरण÷नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि केन्द्रीय कार्यसमितिको यही माघ १३ गतेको बैठकको निर्णयबाट पारित समायोजन र क्रियाशील सदस्य सम्बन्धी कार्यतालिकामा देहाय बमोजिम परिमार्जन गरिएको छ ।
क- पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ फाल्गुण १५ गते भित्र ।
ख- विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण १६ गते देखि २०७६ चैत्र मसान्त सम्म ।
ग- प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्त भित्र ।
घ नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गते भित्र ।
ङ उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्त भित्र ।
च- क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी÷पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गते भित्र ।
छ उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गते भित्र ।
ज- नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गते भित्र ।
झ- केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्त भित्र ।
निर्णय नं. ३
नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजनको कार्य कतिपय जिल्लाहरुमा हालसम्म पनि सम्पन्न भई नसकेको हुँदा समायोजनको बाँकी कार्य तत्काल सम्पन्न गराउन केन्द्रीय कार्यालयले आवश्यक कार्य गर्ने ।
निर्णय नं. ४
वर्तमान सरकारले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने तथा संविधानको मर्म एवं भावना विपरितका विधेयक र जनविरोधी क्रियाकलापका विरुद्ध चरणवद्ध विरोधका कार्यक्रम संचालन गर्ने निर्णय गर्दछ ।








