सुन तस्करी तहसनहस बनाइयो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तष्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन्। शनिवार प्रतिनिधिसभा संसदलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुन तष्करी तहसनहस बनाइएको दाबी गर्दै सुन तष्करी निमिट्टान्न बनाइएको बताए।

तष्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उनले भने।

प्रकाशित मिति : फाल्गुन ३, २०७६ शनिबार  ६ : १९ बजे