ललितपुरका पूर्वमेयर शाक्यको निधन, वरिष्ठ नेता पौडेललेद्धारा दु:ख ब्यक्त



काठमाडौ । नेपाली कांग्रेस ललितपुरका नेता बेखारत्न शाक्यको निधनको खबरले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःखी बनाएको बताएका छन्। शाक्य नेपाली कांग्रेसका तर्फबाट २०४९ सालमा ललितपुरको मेयरमा निर्वाचित भएका थिए।

स्वर्गीय शाक्यले पञ्चायतका कठोर दिनमा नेपाली कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै शाक्यको निधनले देश र पार्टीलाई अपुरणीय क्षति पुगेका पौडेलले बताएका छन्।

प्रकाशित मिति : फाल्गुन ४, २०७६ आइतबार  ७ : २२ बजे