तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसप्रति अझै पनि जनताको आशा र भरोसा रहेकाले पार्टीभित्रै सुधारको आवश्यकता रहेका बताएका छन् । नेता पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका हुन्।
नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आईतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने समेत धारणा व्यक्त गर्दै दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता पौैडेलले सरकारको कार्यशैली सच्चिनुपर्ने टिप्पणी गरे । सो अवसरमा नेकपा लगायतका विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने २० युवालाई वरिष्ठ नेता पौडेलले स्वागत गरेका थिए ।








