कांग्रेस नेता कार्किले गरे सोलुखुम्बु बहुमुखी क्याम्पसलाई दस लाख सहयोग



नेपाली काँग्रेसका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गरेको मेची – काली विश्व अभियानका लागी दश लाख सहयोग गरेका छन ।

अभियानको वार्षिक प्रगती बिबरण सार्बजनिक गर्न सोलुखुम्बु बहुमुखी क्याम्पसले सल्लेरी स्थित क्याम्पसमा आयोजना गरेको एक कार्यक्रमका बिच नेता कार्किले क्याम्पस प्रमुख उद्दब कुमार शर्मालाई  उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा बोल्दै सोलुखुम्बु बहुमुखी क्याम्पसको सञ्चालक समिती सदस्य समेत रहेका नेता कार्किले क्याम्पसले सञ्चालन गरेको मेची – काली अभियानलाई सहयोग गर्न पाउदा खुशी लागेको भन्दै उक्त अभियान मार्फत क्याम्पसको शैक्षिक र ब्यबस्थापकिय क्षमता अभिबृद्दी हुने बिश्वाश ब्यक्त गरे ।

नेता कार्किले अभियान मार्फत आगामी दिनमा सोलुखुम्बु जिल्लाका बिधार्थिहरुलाई थप बिषय अध्ययन गर्ने सगै अन्य सुबिधा उपलब्ध हुने भएकोले उक्त अभियानलाई सहयोग गर्न पाउदा आफु उत्साहित भएको प्रतिक्रीया ब्यक्त गरे ।अभियानलाई सहयोग पुर्याउन सबैलाई आग्रह गर्दै नेता कार्किले उक्त अभियानलाई सफलताको कामना समेत ब्यक्त गरे ।

क्याम्पसले देशैभरिका र अन्य देशका समेत बिधार्थिहरुका लागी ट्राभल्स, टुरिजम् र माउन्टेनियरिङ लगायत बिषय थप गर्दै निशुल्क अध्ययन गराउने भन्दै ‘मेची–काली विश्व अभियान’सञ्चालन गरीरहेको छ ।

कार्यक्रममा दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा,नेपाली काँग्रेस सोलुखुम्बुका पूर्व शभापती तथा सोलुखुम्बु बहुमुखी क्याम्पस सञ्चालक समिती सदस्य आङ गेलु शेर्पा, क्याम्पस प्रमुख उद्दब कुमार शर्मा, जिल्ला स्थित बिभिन्न सरकारी कार्यलयका प्रमुख एबम क्याम्पसका प्राध्यापक र बिधार्थिहरुको उपस्थिती रहेको थियो ।

नेता कार्किले यसअघी देखीनै राजनिती सगसगै बिबिन्न माध्यमबाट सामाजिक कामलाई निरन्तरता दिदै आएका छन ।

काँग्रेस नेता कार्कीको अगुवाइमा लाइन्स क्लबद्वारा सोलुखुम्बुका बिधार्थिहरुलाई झोला बितरण

नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका काँग्रेस नेता कार्किले जिल्लाका सरकारी सामुदायिक बिधालयहरुको क्षमता अभिबृद्दीसगै बिधार्थीहरुको सुबिधा र सहजताका लागी क्षात्रबृत्ती अक्षय कोषको स्थापना ,बिधालयहरुलाई प्रबिधिमैत्री बनाउन ल्यापटप बितरण र बिभिन्न बिधालयका बिधार्थीहरुलाई स्कुल ब्याग बितरण मार्फत बिशेश गरी जिल्लाको शैक्षिक क्षेत्रलाई सहयोग पुर्याउदै आएका छन ।

 

प्रकाशित मिति : फाल्गुन ५, २०७६ सोमबार  ११ : २६ बजे