गर्मी समय शुरु नहुँदै डडेल्धुरामा डेङ्गी रोगका विरामी



गर्मी समय शुरु नहुँदै डडेलधुरामा डेङ्गी रोगका विरामी देखा परेको छ । जिल्लाको अमरगढी नगरपालीका वडा नम्वर ६ दुमडामा डेङ्गी रोग देखा परेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

दुमडाका एक जना डडेलधुरा अस्पतालमा उपचार गराउँन आएर चेकजाँच गर्दा उनमा डेङ्गी रोग देखा परेको अस्पतालका ल्याव प्रमुख ईश्वरी प्रसाद भुसालले वताउँनु भयो । विरामीको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।
केही वर्ष यता देखी डडेलधुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन् ।

गत वर्ष वर्षातको समयमा डडेलधुरामा १२ जनामा डेङ्गी रोग देखा परेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार  १ : ४४ बजे