सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घूस मागेको अडियो बुधबार बेलुका सार्वजनिक भएको छ ।
स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रसँगको कुराकानीमा मन्त्री बाँस्कोटाले ७० करोड घूस मागेका छन् ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको अडियोमा उल्लेख छ।
बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका थिए। मिश्रले मन्त्री बाँस्कोटाले सुरुमा दुई अर्ब घुस मागेको बताए। तर कम्पनीको नियमअनुसार प्रतिशतका आधारमा मात्र जाने हो मिल्छ भनेर कुरा गरेको उनले बताए। आउट अफ ट्याकमा चाहिँ त्यही कुरा गर्न खोजेको मिश्रको भनाइ छ।
सेक्युरेटी प्रिन्टिङ प्रेस स्थापनापछि राष्ट्रिय परिचयपत्र, मौद्रिक नोट, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, बैंकका डेबिट, क्रडिट तथा एटीएम, हुलाक टिकट लगायतको छपाई पनि नेपालमै गर्न सकिने भन्दै उक्त प्रेस नेपालामा स्थापना गर्ने तयारी भइ रहेको थियो ।
यस्तो छ सवाल जवाफ








