राष्ट्रको सुरक्षामा सेनाको भूमिका महत्वपुर्ण : रक्षामन्त्री पोख्रेल



उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकार, नेपाली सेना र जनताको एकिकृत प्रयासबाट मात्र राष्ट्रको सुरक्षा सम्भव भएको बताएका छन ।

बिहीबार नेपाली सेनाले प्रकाशित गरेको युनिटी जर्नल सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले राष्ट्रको रक्षाको जिम्मेवारी सेनाले वा सरकारले मात्र गर्न सम्भव नहुने भएकोले नागरिकको समेत साथ र सहयोग अपरिहार्य भएको बताएका छन्। उनले राष्ट्रिय सुरक्षाका लागि सबै पक्षको सोच र धारणा समान हुनुपर्ने समेत बताए। त्यसका लागि अनुसन्धानमा आधरित लेखहरुले एकिकृत दृष्टिकोण बनाउन ठुलो मद्दत पु¥याउने बताए।

राज्य शक्तिका सबै संयन्त्रहरु एकिकृत भर्य परिपक्व नहुँदासम्म राष्ट्रिय सुरक्षामा चुनौति रहने उनले बताए। सबै चुनौतिहरुको पहिचान गरी उपयुक्त रणनीति तयार गर्न अनुसन्धानात्मक प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले युनिटी जर्नल पनि राष्ट्रिय सुरक्षाको विषयमा महत्वपूर्ण रहने बताए।

उनले राष्ट्रिय सुरक्षाका चुनौति र राष्ट्रिय एकताका अवसरहरु पहिचान गरी नेपालको भू—राजनीति र भू—रणनीतिका विभिन्न पक्षहरुको अनुसन्धान र अध्ययनको आवश्यकता रहेको समेत बताए।

 

प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहिबार  १० : २६ बजे