ट्विटरमा मन्त्री बस्कोटाको प्रष्टोक्ती : प्रश्न उठेपछि नैतिकताको आधारमा राजिनामा दिएँ



सञ्चार तथा सूचना प्रविधि  मन्त्री गोकुल प्रसाद बाँस्कोटाले  राजीनामा दिएको औपचारिक रुपमा जानकारी गराएका छन ।

बिहीबार  ट्वीट गर्दै नैतिकताको आधारमा आफूले राजिनामा दिएको सार्वजनिक गरेका हुन्।

ट्वीटमा उनले‚ ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको जानकारी गराउँदछु।’ भन्दै औपचारिक रुपमा राजिनामा दिएको सार्वजनिक गरेका हुन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : फाल्गुन ८, २०७६ बिहिबार  १० : ३७ बजे