शिवरात्रिको दिन सडकमा डोरी राखेर पैसा उठाउँदै गरेका बालकलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु



दोलखामा शिवरात्रि मनाउँने क्रममा सडकमा डोरी टाँगेर पैसा उठाइरहेका बालकलाई बसले ठक्कर दिदा उनको मृत्यु भएको छ ।

दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा यात्रुबहाक बसको ठक्करबाट बालक पुजन थामीको मृत्यु भएको हो ।

दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले थामिलाई ठक्कर दिएको हो ।।

थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

भाङको नशामा रहेका बस चालकले बालक पेलेर भागेको स्थानीयहरुले बताएका छन्
।
माथिल्लो तामाकोशी अन्तर्गत रोलवालिङ सडकमा बालकको शव अहिले सडकमै राखेर मृतकका आफन्त तथा परिवारले सडकमा प्रदर्शन गरिरहेका छन् ।

हेलचेक्राइ गर्ने चालकलाई आजीवन काराबास हुनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७६ शुक्रबार  ८ : ५८ बजे