सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन डिल गरेको अडिओ सार्वजनिक भएपछि राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको बुझिएको छ ।
यस प्रकरणसँग सम्बन्धित तथ्य र प्रमाण नष्ट हुनसक्ने भन्दै अख्तियारले बाँस्कोटालाई निरगानीमा राखेको स्रोतले बताएको छ ।
बाँस्कोटाले राजीनामा दिएपछि उनको कार्यकक्ष र सचिवालयमा रहेका महत्वपूर्ण कागजात अख्तियारले लिइसकेको छ ।
बाँस्कोटासँग छिट्टै अख्तियारले बयान लिने तयारी गरिरहेको पनि बुझिएको छ ।
प्रेस खरिद प्रक्रियामा बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग ७० करोड कमिसन मागेको अडिओ सार्वजनिक भएपछी बाँस्कोटाले राजीनामा दिएका हुन् ।








