चिनियाँ राष्ट्रपति सी चिनफिङले दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको कोरोना भाइरसको सङ्क्रमण कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएकोआइतबार बताएका छन् ।
चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सीसीटीभी आइतबार चिनियाँ राष्ट्रपति चिनफिङले कोरोना भाइरस सङ्क्रमण सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएको बताएका हुन । चीनमा कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या चीनमा मात्रै दुई हजार ४०० पुगेको र मुख्यभूमि चीनमा ७७ हजारभन्दा बढीमा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको यो प्रतिक्रिया आएको छ ।
सीले भने, ‘कोभिड–१९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाई भएको हो, यो हाम्रा लागि एउटा सङ्कट अनि ठूलो परीक्षण हो’ उनले भने ।सङ्क्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाई भएकोतर्फ सङ्केत गर्दै उनले भने, ‘चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी हुनेछ ।’
राष्ट्रपति सीले आइतबार पहिलो पटक कोरोना भाइरस सङ्क्रमणको महामारीले ‘निश्चितरूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने’ बताए । यद्यपि यसको असर ‘छोटो समयका लागि रहने अर्थात् यसको नियन्त्रण सम्भव’ भएको उनले बताए ।
चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ सांस्कृतिक क्रान्ति सफल भएसँगै सन् १९४९ मा कम्युनिष्ट शासन सुरू भएको थियो ।










