मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले राजीनामा दिएका छन् ।
उनले त्यहाँका राजासमक्ष राजिनामा दिएको बिबिसिले समाचारमा जनाएको छ ।
प्रधानमन्त्री मोहोम्मदले राजीनामा दिएको बारेमा अन्य थप केहि खुलाईएको छैन ।
राजिनामा दिनु अघी विश्वकै सबैभन्दा जेष्ठ प्रमुखका रुपमा रहेका ९४ वर्षीय महाथिर मलेसियाका लोकप्रिय नेता मानिन्छन ।
उनी अधुनिक र सम्पन्न मलेसियाका निर्माताका रुपमा समेत चिनिन्छन ।
उनी यस अघी पनि मलेसियाको प्रधानमन्त्री भइसकेका थिए ।










