पोखरामा प्रधानमन्त्री ओलिलाई कालोझण्डा देखाउदा नेविसंघका नेता सहित ६ बिधार्थी पक्राउ



प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पोखरामा पक्राउ गरेको छ ।

नेकपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार पोखरा आएका ओलीलाई   नेविसंघ र समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका कार्यकर्ताले कालोझण्डा देखाउने प्रयास गरेपछी उनिहरुलाई प्रहरिले पक्राउ गरेको हो ।

पोखरास्थित जनप्रिय क्याम्पस नजिकै उनीहरुले नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेका थिए ।

पक्राउ पर्नेमा नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल जिएमसी उपाध्यक्ष र असिम पौडेल र अन्य समाजवादी विद्यार्थी युनियनका कार्यकर्ता छन् ।

मंगलबार सम्म चल्ने नेकपाको प्रशिक्षण कार्यक्रममा करिब १६ सय जना सहभागी रहने बताइएको छ ।

प्रधानमन्त्री ओलीले प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पछिल्लो समय गोकुल बास्कोटा काण्ड पछी उक्त काण्डमा प्रधानमन्त्रीको समेत सम्लग्नता रहेको आरोप प्रधानमन्त्री ओलिले खेपीरहेका छन भने उनि नागरिक स्तरमा समेत आलोचित बनेका छन ।

 

प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार  ८ : ०२ बजे