सरकारका कारण नेकपाकै कार्यकर्ताहरु समेत लज्जित : महामन्त्री डा. कोइराला



कांग्रेस महामन्त्री शशांक कोइरालाले गिरीजाप्रसाद कोईरालाको सोच र योगदान अबिस्मरणिय रहेको बताएका छन ।

गिरीजाप्रसाद कोइराला फाउण्डेशन दाङले आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले गिरिजा प्रसाद कोइरालाको सफल नेतृत्वकै करण मुलुकमा राजनितिक परिवर्तनहरु सम्भब भएको बताएका हुन ।

गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले मुलुकमा राजनितिक परिवर्तनहरु भए पनि बर्तमान सरकारको कार्यशैलिका कारण राजनितिक परिवर्तहरुले जनतालाई छुन नसकेको उल्लेख गरे ।बर्तमान सरकारले देशको विकास र सुसाशनमा भन्दा पनि भ्रष्टाचार गर्न उधत रहेको आरोप लगाउदै कोइरालाले सरकार पुर्ण रुपमा असफल भएको समेत दाबी गरे ।

सरकार यसै गरी अघी बढे नेकपाकै कार्यकर्ताहरुले  सरकारको बिकल्प खोज्ने कोइरालाले उल्लेख गरे ।सरकारको काम गराइले प्रतिपक्षिलाई मात्रै होईन नेकपाकै कार्यकर्ताहरुलाई समेत लज्जित बनाएको महामन्त्री डा. कोइरालाले दाबी गरे ।

कोइरालाले पछिल्लो समय सञ्चारमाध्यमबाट सार्बजनिक भएको अडियो काण्डबाट सरकारको नियत छर्लङ्ग भएको भएको भन्दै सरकार संरक्षित भ्रष्टाचार विरुद्ध  एक ढिक्का भएर आन्दोलनमा उत्रिन समेत सबैलाई आग्रह गरे ।

फाउण्डेशनका अध्यक्ष एबम कांग्रेस नेत्री सुजाता कोईरालाले गिरिजा प्रसाद कोइरालाले मुलुकाका लागी पुर्याएको योगदानको स्मरण गर्दै काँग्रेस थप एकताबद्द र बलियो भएर बर्तमान सरकारको बिरुद्द उत्रीनुपर्नेमा जोड दिइन ।

तेस्तै कार्यक्रममा बोल्दै नेता शेखर कोइरालाले कम्युनिष्टविरुद्ध लड्नका लागि कांग्रेस एक ढिक्का हुनुपर्ने उल्लेख गरे ।नेता कोइरालाले नेकपा अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइरालाको हवला दिएर दिएको अभिव्यक्ति असत्य भएको दाबी गरे ।

केन्द्रिय सदस्य एबम नेता  दिपक गिरिले सरकार जनताका लागी नभइ माफिया र दलालहरुका लागी काम गरिरहेको आरोप लगाए ।सरकारक पतनको बाटोमा अघी बढेको उनले दाबी गरे ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेता गगन थापाले पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा मुछिएको कमिसन प्रकरणमा बाँस्कोटासँगै प्रधानमन्त्री समेत मुछिएको दाबी गरे । उनले उक्त प्रकरणको निश्पक्ष छानविन गनुपर्ने माग गरे  ।

 

प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार  १ : ५५ बजे