नेकपा मालेका महासचिव एबम पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी दुर्घटना,मैनाली गम्भिर घाईते



नेकपा माले महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली गाडी दुर्घटनामा परेका छन ।मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना हुँदाअ महासचिव मनौली गम्भिर घाईते भएका छन् ।

मालेका महासचिव मैनाली चढेको गाडी वीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी , नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।

सिपी मैनालीको खुट्टा भाँचिएको, निधार र अनुहारमा चोट लागेको छ । बुहारी पूजाको दुबै खुट्टा भाँचिएको र अरु सामान्य घाइते भएको प्रहरी जनाएको छ ।

अहिले उनीहरूलाई बर्दिबास जनसेवा हस्पिटलमा प्राथमिक उपचार भइरहेको छ । घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंको ग्रान्डी हस्पिटल ल्याउने तयारी भइरहेको डिएसपी चापागाइँ जानकारी दिए ।

झापाबाट काठमाडौं तर्फ जाँदै गरेको मनौलीसहित परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली  घाईते भएका छन् ।

प्रकाशित मिति : फाल्गुन १५, २०७६ बिहिबार  ८ : ३७ बजे