महाधिबेशन प्रभाबित गर्न सभापति देउवाले बिभाग गठन गरेको कांग्रेस शिर्श नेताहरुको आरोप : बिभाग गठन आमान्य



कांग्रेस शभापती शेर बहादुर देउबाले आमन्त्रित केन्द्रीय सदस्यहरु थप गर्ने र बिभागहरु गठन गर्ने आज गरेको निर्णय बिबादित बन्ने देखिएको छ ।

नेपाली कांग्रेस पर्सा क्षेत्र -३ आयोजना गरेको बर्तमान राजनैनिक परिवेशमा नेपाली कांग्रेसको चुनौती र समाधान विषयक छलफल कार्यक्रममा सहभागी हुन बिरगंज पुगेका पार्टिका वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा . शशाङ्क कोइराला पूर्व महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष सितादेबी यादबले कार्यक्रमकै दौरानमा शभापती देउबाले गरेको उक्त निर्णय अस्विकार्य हुने बताएपछी उक्त निर्णय बिबादित बन्ने भएको हो ।

कार्यक्रममा सहभागी शिर्ष नेताहरु ,  केन्द्रिय सदस्यहरु , प्रदेश न २ का जिल्ला सभापति क्षेत्रिय सभापति तथा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुको छलफलमा  पार्टीलाई ब्यक्तिबादी चरित्रले पार्टी कमजोर बनाएको ठहर गर्दै केन्द्रिय समितिको कार्यकाल सकिएर महाधिबेशनको प्रकृया छिटो अघी बढाउनुपर्ने बेलामा महाधिबेशन प्रभाबित गर्ने उद्देश्यले बिभाग गठन गरिएकोले उक्त निर्णय नमान्ने निष्कर्ष निकालेको कार्यक्रममा सहभागी एक नेताले बताए ।

यस अघी शभापती देउवाले शुक्रबार बारीष्ठा नेता रामचन्द्र पौडेललाई टेलिफोन गर्दै आफू विभाग गठनको तयारीमा रहेकाले विभागमा राख्‍ने नेताहरुको नाम दिन आग्रह गरेका थिए तर पौडेलले देउवालाई महाधिवेशनको तयारीमा लाग्‍न सुझाव दिँदै अहिले विभाग गठन भन्दा महाधिबेशन महत्वपुर्ण भएको जवाफ दिएका थिए।महाधिबेशनमा केन्दृत हुनुपर्ने बेलामा बिभाग गठन अहिलेको प्राथमिकता नभएको टेलिफोन कुराकानिमा बारीष्ठ नेता पौडेलले जानकारी गराएका थिए ।

शभापती देउबा महाधिबेशन पछी धकेल्ने कसरतमा लागेको आरोप लगाउदै पार्टिको संस्थापन इतर समुहले अहिलेको पहिलो प्राथमिकता महाधिबेशन भएकोमा जोड दिदै आएको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार  ३ : १७ बजे