मलेसियामा मोहिइद्दीन यासिनले लिए प्रधानमन्त्री पदको शपथ



मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिएका छन्।त्याहाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका पूर्वगृहमन्त्री यासिनले आज सफत लिएका हुन ।

९४ वर्षीय महाथिरले राजीनामा दिएपछि विपक्षी पार्टीका ७२ वर्षीय अनवर इब्राहिमलाई प्रधानमन्त्री बनाउने पर्ने विषयमा चर्चा भए पनि राजाले भने शनिबार यासिनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ।शनिबार राजाले मोहिउद्दीनलाई प्रधानमन्त्रीको रूपमा छनौट गर्ने निर्णय गरेलगत्तै महाथिर र उनको दलका नेताहरु स्तब्ध भएका थिए। महाथिर र उनका सहयोगीहरूले आफूहरुसँग पर्याप्त समर्थन रहेको दाबी गरिरहेका थिए।

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आईतबार  ८ : २२ बजे