भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने माग गर्दै नेविसंघद्वारा काभ्रेमा विरोध प्रदर्शन



नेपाल विद्यार्थी सङ्घले भ्रष्टाचारीलाई कानूनी कारवाही गर्नुपर्ने, पुस्तकमा लगाएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै काभ्रेमा विरोध प्रदर्शन गरेको छ।

मुलुकमा बढ्दो भ्रस्टाचार ,अडियो प्रकरण,स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको सुनिश्चितताको लागि स्वतन्त्र बिद्यार्थी युनियन काभ्रे क्याम्पसको नेतृत्वमा काभ्रे क्याम्पस अगाडि अरनिको राजमार्गमा ३० मिनेट चक्काजाम गरिएको हो ।

प्रदर्शनमा सगभागिहरुले सरकार बिरोधी चर्का नारा लगाएका थिए । चक्काजामको क्रममा प्रहरी र विधार्थी विच झडप समेत भयको थियोे ।

प्रदर्शनमा नेविसंघ निवर्तमान केन्द्रीय सदस्य भोला नेपाल , सुमन पान्डे नेविसंघ काभ्रेका कोषाध्यक्ष रविन गौतम , नेविसंघकाभ्रेका सह सचिव प्रेम तामाङ,नेविसंघ काभ्रेका नेता यश कुमार रंजित गनेश अधिकारी, रविन श्रेष्ठ , काभ्रे कलेज स्वयू सभापति युगेश्र कायस्थ नेविसंघका काठमाडौं विश्व विधालय सभापति उजल प्रधान लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आइतबार  ९ : ५६ बजे