सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डमाथि राष्ट्रियसभागृहमा जुत्ता प्रहार



सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभागृहमामा भएको एक कार्यक्रममा जुत्ता प्रहार भएको छ ।

तत्कालीन नेकपा एमाले नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन उनलाई लाग्न नपाएको  प्रहरीले जनाएको छ ।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरिले नियन्‍त्रणमा लिएको छ ।

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवालाई पक्राउ गर्दै प्रहरी-

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भएको खुलासा भएको छ।

उनलाई महानरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ । प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मोहन तिरुवाका छोरा रहेको प्रहरिले बताएको छ । । उनका बुबा ०५६५७ मा राज्यपक्षबाट मारिएका थिए । युद्धमा बुबा गुमाएको आक्रोशमा उनले जुत्ता प्रहार गरेको हुनसक्ने बताइएको छ । उनको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रचण्डलाई मञ्चमै जुत्ता प्रहार गरिएपछि सभागृहमा केहिबेर स्थिती तनावग्रस्त बनेको थियो ।

 

प्रकाशित मिति : फाल्गुन १८, २०७६ आइतबार  १० : २७ बजे