सभामुखसँग नेपालका लागि साउदी अरेवियाका राजदूतको भेट



सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि साउदी अरेवियाका राजदूतले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत मुुसेइडले सापकोटालाई सभामूखमा निर्वाचित हुुनुुभएकोमा बधाई ज्ञापनगर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गर्नुभयो । सभामुख सापकोटाले साउदी अरेवियासंग नेपालको ४३ बर्षदेखि सुुमधुुर सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्धलाई नयाँ उचाईमा पुुर्याएको बताउनुुभयो ।

उहाँले सच्चा मित्रको चिनारी दुुःखका बेलामा हुने बताउँदै २०७२ सालको बिनासकारी भूूकम्प पछि साउदी सरकारले गरेको सहयोग सँधै स्मरणीय रहने चर्चा गर्नुुभयो । सभामुुख सापकोटाले साउदी अरब विकास कोषबाट नेपालका विभिन्न क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गर्नुुभयो । उहाँले तीनलाख हाराहारी नेपाली श्रमिकलाई रोजगारी र नेपाली हजयात्रीकालागि साउदीले गरेको सहयोगकालागि धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार  २ : ३० बजे