नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलिको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई बरिष्ठ नेता पौडेलले स्वास्थ्य लाभको कामना गरेका हुन ।
सामाजिक सञ्जालमार्फत सन्देश ब्यक्त गर्दै बरीष्ठ नेता पौडेलले “सम्माननीय प्रधानमन्त्री केपी ओलिज्यू , यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु” , भनेका छन ।

आगामी बुधबार बुधबार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपण हुँदैछ ।
प्रत्यारोपणका लागी प्रधानमन्त्री ओलि आजै शिक्षण अस्पतालमा भर्ना भइसकेका छन ।
प्रा .डा . प्रेम ज्ञवाली नेतृत्वमा रहेको चिकित्सकको टोलीले उनको मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालले जनाएको छ । ।








