रोल्पा जादाजादै पूर्वसभामुख कृष्णबहादुर महरालाई बाटैमा नागरिक अभिनन्दन



पूर्वसभामुख कृष्णबहादुर महरालाई प्यूठानमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ ।

रोल्पा जाने क्रममा महरालाई आज जिल्लाका विभिन्न ठाउँमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको हो । स्वागत कार्यक्रममा पूर्वसभामुख महराले आफू सधैँ जनता र राष्ट्रियताका पक्षमा लड्ने बताए ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयासको मुद्दा लागेको थियो ।

काठमाडौं जिल्ला अदालतले उनलाई सफाई दिएको हो । अदालतबाट सफाई पाएर रिहाई भएपछि महरा यसअघि आफ्नो निर्वाचन क्षेत्र दाङ पुगेका थिए ।

दाङका विभिन्न ठाउँमा उनलाई भव्य स्वागत गरिएको थियो

प्रकाशित मिति : फाल्गुन २०, २०७६ मंगलबार  २ : २१ बजे