तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना कांग्रेस केन्द्रीय समितिमा मनोनीत भएका छन ।
तत्कालीन लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबिच सांगठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार उनिहरु मनोनित भएको नेपाली कांग्रेसले जनाएको छ ।
थप गरिएका केन्द्रीय सदस्यहरुमा रामजनम चौधरी (कैलाली), मो . नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लीक (झापा), हेमराज तातेड (सप्तरी), डा. गोपाल दहित (बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग),सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ्ग) रहेका छन् ।
सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।









