प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार



प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताएका छन्।

प्रधानमन्त्री ओलीलाई आजदेखि ठोस आहार खुवाउन सुरू गरिएको शुक्रबार विज्ञप्ति निकालेर उनले जानकारी दिएका हुन्।

‘आजदेखि उहाँलाई हिँड्डुल गराउन थालिएको छ,’ खड्गाले भनेका छन्, ‘ठोस आहार पनि दिन थालिएको छ। उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भइरहेको छ।’

साथै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि सुधार भइरहेको उनले बताए।

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार  २ : २० बजे