नेपाल प्रहरीका डीआईजी सुब्बाले दिए राजीनामा



नेपाल प्रहरीका प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा . राजीव सुब्बाले राजीनामा दिएका छन् ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसमक्ष उनले राजीनामा बुझाएका हुन् ।

सुब्बाले घरायसी कारणले राजीनामा दिएको बताएका छन् ।

प्रहरी संगठनमा जुनियरहरु माथिल्लो पदमा पुगे पनि प्राविधिक इञ्जिनियरतर्फ डीआईजीभन्दा माथिल्लो पद नभएकाले सुब्बाले राजीनामा दिएको पनि चर्चा छ ।

उनको राजीनामा गृहमन्त्रालयले स्वीकृत गरेको छैन।

नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउन उनको योगदान ठुलो रहेको प्रहरी अधिकारिहरुले बताउने गरेका छन ।

प्रकाशित मिति : फाल्गुन २३, २०७६ शुक्रबार  ३ : १४ बजे