मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाइरसको संक्रमणबाट बच्न के के गर्नुपर्छ, के के गर्नुहुँदैन ?



पछिल्लो समय चिनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ७० भन्दा बढी देशमा फैलिएको छ ।हाल नेपालमा  जनमानसमा कोरोना भाइरस सङ्क्रमणको त्रास फैलिन थालेको छ ।देशैभरी सार्बजनिक सभा सम्मेलनहरु स्थगित हुन थालेका छन ।त्यसै गरी उपभोज्ञ बस्तुको अभाब हुन सक्ने त्रासमा आम मानिसले चाहिने सामाग्रीको जोहो गर्न थालेका छन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई पनि कोरोना भाइरसको संक्रमणको उच्च जोखिम रहेको देशको सूचिमा राखे पछी भाइरस सङ्क्रमण को जोखिमबाट बच्न साबधानी अपनाउन थालिएको छ । सरकारले पनि सबै तयारी गरिरहेको जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बाट बच्न के गर्ने के नगर्ने ? भन्ने बिशयमा यतिबेला बिभिन्न जानकारिमुलक सामाग्रीहरु सार्बजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा प्रचार प्रसार भइरहेका छन ।सरकार र बिभिन्न संस्थाहरुले पनि यस बारेमा सचेत गराइरहेका छन ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न के गर्ने के नगर्ने भन्ने बारेमा बिभिन्न श्रोतहरुबाट हामिले तयार गरेको एक सन्देशमुलक सामाग्री-

कोरोना भाइरसको संक्रमणबाट बच्न के के गर्ने ?

-विभिन्न काम गरेपछि साबुन–पानी प्रयोग गरी कम्तिमा २० सेकेण्ड लगाएर हात धुने

-सेनिटाइजरको प्रयोग गरी हात सफा गर्ने ।

-विशेष गरी खाना बनाउनुअघि, बाथरुम या ट्वाइलेट गएपछि तथा सिगान फालेपछि, खोकेपछि र हाछ्यूँ गरेपछि हात धुने

-सुरक्षित मास्क प्रयोग गर्ने

-सार्वजनिक स्थल जानु पूर्व सावधानी अपनाउने ,सकेसम्म कम सार्वजनिक स्थलको यात्रा गर्ने

-खोक्दा वा हाछ्यूँ गर्दा मुख छोप्ने ,खोक्दा वा हाछ्यूँ गर्दा प्रयोग गरेको टिस्यू पेपर डिस्पोज गर्ने

-भाइरस भएको वा भाइरसको संक्रमण भएको क्षेत्रमा जाँदै हुनुहुन्छ भने सुरक्षित मास्क प्रयोग गर्ने

-रुघा खोकी र ज्वरो आए तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्छ

-कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षणबारे जानकारी लिनु पर्छ

कोरोना भाइरसको संक्रमणबाट बच्न के के गर्नु हुँदैन ?

-हात आँखा, नाक वा मुखमा बारम्बार  लैजानु हुँदैन ।

-ज्वरो आएको भए यात्रा गर्नु हुँदैन ।

-भाइरसको संक्रमण भएको शंका लागेका साथी तथा परिवारका सदस्य र उनीहरुका घरपालुवा जनावरको सम्पर्कमा रहनु हुँदैन

-कोरोना भाइरसलाई लिएर आत्तीनु हुँदैन

-विमानमा यात्रा गर्दा बिरामी महसुस भए क्र्यू मेम्बरलाई भन्नु पर्छ ।

-कोरोना भाइरसको भएको क्षेत्रमा गएको भए वा हात बारम्बार आँखा, मुख र नाकमा पुर्याउनु हुँदैन

-जोखिमको अवस्था नआएसम्म मास्कको प्रयोग गर्नु पर्दैन ।

बिभिन्न श्रोतहरुबाट

 

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ११ : ०३ बजे