त्रिवि शिक्षणअस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रम ओलीको स्वास्थ्य स्थितिमा राम्रो सुधार भइरहेको जानकारी दिएका छन् ।त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेको ४ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको अस्पतालले जनाएको छ ।
यस्तै ओलीलाई सामान्य हिँडडूल गराउनुका साथै फिजियोथेरापीलाई पनि निरन्तरता दिइएको विज्ञप्तिमा उल्लेख छ ।यसैबीच प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला स्वास्थ्य अवस्थापनि सामान्य बन्दै गएको र सामान्य खान दिन थालिइएको अस्पतालले जनाएको छ ।
उनलाई सामान्य हिँड्डुल गराउनुका साथै फिजियोथेरापीमा पनि निरन्तरता दिइएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ








