चीनमा कोरोना सङ्क्रमितलाई राखिएको क्वारेन्टाइन भवन भत्किदा,७० जना फसे, उद्धार जारी



चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा झण्डै २२ मानिस त्यहाँ फसेको बिबिसिले समाचारमा जनाएको छ ।

चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल भत्किएको हो । कोरोना फैलिएपछी उक्त होटलालाइ क्वारेन्टाइन भवनका रुपमा बिकाश गरिएको थियो ।

उक्त भवन कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिहरूको सम्पर्कमा आएका मानिसलाई क्वारन्टीनमा राख्न प्रयोग गरिदै आएको थियो ।

भत्किएको होटलमा ७० जना फसेका थिए । तीमध्ये ४७ को उद्धार गरिएको छ । फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

क्वारेन्टाइन भवन भत्कनुको कारण अहिलेसम्म खुलेको छैन ।फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको जनाइएको छ ।

चीन अहिले चिनको बुहान बाट शुरु भएर बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको सङ्क्रमण सग जुधिरहेको छ ।

कोरोनाको सङ्क्रमणका कारण चिनमा ठुलो मानबिय र आर्थीक क्षति भएको छ ।

चिनको अर्थतन्त्रले अहिले सङ्कट्ग्रस्त अवस्थाको सामना गरिरहेको छ

प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार  ४ : १२ बजे