काठमाडौं । अस्ट्रेलियामा एक नेपाली विद्यार्थीलाई कोरोनाभाइरसको संक्रमण भएको छ। अस्ट्रेलियामा कोरोनाबाट मृतकको संख्या ३ पुग्दा संक्रमितको संख्या ७४ छ।
अस्ट्रेलियाको तास्मानिया राज्यस्थित स्वास्थ्य अधिकारीहरूका अनुसार २० वर्षका नेपाली विद्यार्थीलाई कोरोनाको संक्रमण भएको छ। उनलाई अहिले आइसोलेसनमा राखेर उपचार भइरहेको एबीसी न्युजलाई उदृत गर्दै द गार्जियनले जनाएको छ।
गत फेब्रुअरी २६ मा ती नेपाली विद्यार्थी सिंगापुर हुँदै अस्ट्रेलिया पुगेका थिए। रुघाखोकीको समस्या देखिएपछि उनले शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गराएका थिए।
तर त्यहाँको स्वास्थ्य विभागले उनको परिचय भने गोप्य राखेको छ।








