कतारले नेपालसहित १४ मुलुकका यात्रु प्रवेशमा प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएको हो ।
कतारले चीन, इजिप्ट, भारत इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका यात्रु प्रवेशमा रोक लगाएको छ ।
मार्च ९ अर्थात आजदेखि कोरोना संक्रमण नियन्त्रणको पूर्वसावधानी स्वरुप नेपालसहितका १४ मुलुकका यात्रुलाई कतारले रोक लगाएको हो ।
कतारमा हालसम्म कोरोनाका १५ संक्रमित भेटिएका छन् । आइतबारमात्रै कतारमा तीन संक्रमित थपिएका थिए ।
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ सयभन्दा बढी पुगेको छ ।
नेपाल सरकारले नेपालमा कोरोना संक्रमित नभएको दाबी गरे पनि विश्व स्वास्थ्य संगठनको सूचीमा नेपालमा एकजना कोरोना संक्रमित भएको जनाइएको छ ।










