नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुराका कार्यवाहक सभापति पदम भण्डारीको निधन भएको छ।
आज होली खेलेर नुहाउन बाथरुम छिरेका उनी मृत अवस्थामा भेटिएका जनाइएको छ। उनी ग्यास ग्रीजर चलाएर नुहाउन लागेको र मृत अवस्थामा भेटिएको भण्डारीका आफन्तले जानकारी दिएका छन्।घटनाबारे अनुसन्धान भइरहेको र मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
विभिन्न समाजिक कार्यमा संलग्न भण्डारी डडेल्धुरा कपडा बैंकका अभियन्ता हुन्।









