इटालीका सेनाप्रमुख साल्भातोरे फारिनालाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको अन्तर्आष्ट्रीय सञ्चारमाध्यमहरुले । संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र ‘स्व-क्वारेन्टाइन’मा रहेको बताएका छन्।
यसै बिच कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको छ।
इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको समाचारमा जनाएको छ ।
केहि दिन अघी मात्रै इटालीको उत्तरी क्षेत्रमा एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको थियो ।
संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ।










