काँग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी



नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।

पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन् ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गर्नुभएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। रासस

प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार  २ : ३४ बजे