कांग्रेस सभापति शेरबहादुर देउवासग असन्तुष्ट पार्टी संस्थापन इतरसमुहका नेताहरुको पार्टी कार्यलय बिपिनगर सानेपामा बैठक बस्ने भएको छ ।
सभापति देउवाले कांग्रेस नवलपरासीका कार्यबाहक सभापति अर्जुन पोखरेललाई बर्खास्त गरेर विष्णु पौडेललाई बिधान बिपरित सभापति तोकेको भन्दै रणनितिक छलफल गर्न बैठक बस्न लागेको कांग्रेसका एक नेताले न्यू सञ्चारलाई बताए ।
बैठक आज बुधवार १ बजे बस्ने बताइएको छ ।यस अघी महामन्त्री डा.शशांक कोइरालाको निवासमा नेताहरुको आकस्मिक बैठक बसेको थियो ।
यस अघी राज्य पुर्नसंरचना गर्ने बेला नवलपरासी जिल्ला विभाजित भई दुइटा भएपछि नयाँ कायम भएको जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा तत्कालीन जिल्ला सभापती विष्णु लामिछाने कार्यसमितिमा उपसभापति रहेका अर्जुन पोखरेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइए पछी उनैले पार्टी सञ्चालन गर्दै आएका थिए ।
पार्टिको बिधानमा कुनै कारण बस सभापती रिक्त हुन गएमा उपशभापती कार्यबाहक सभापती हुने ब्यबस्था रहेको र नयाँ सभापती चयन गर्नुपरे निर्बाचन मार्फत गर्नुपर्ने स्पष्ट ब्यबस्था हुँदा हुँदै सभापती देउबाले बिधान बिपरित कार्यबाहक शभापतिलाई बर्खास्त गरेर आफुनिकटलाई शभापती तोकेकोमा जिल्लाका नेताहरु पनि अशन्तुष्ट रहेको बताइएको छ ।
यस अघी सभापतिकालागी निर्बाचन गराउन जिल्ला कार्यसमितिले निर्णय गरेर शभापती देउबालाई निर्बाचन गराइदिन माग गर्दा बिधान अनुसार उपशभापती कार्यबाहक हुने र उसैले पार्टी सञ्चालन गर्ने भएकोले निर्बाचन गराउन आवश्यक नरहेको शभापती देउबाले निर्णय सुनाएको जिल्लाका एक नेताले बताए । हाल आएर महाधिबेशनको मुखमा गरिएको एकलौटी निर्णय मान्य नहुने पनि ति नेताले बताए ।








