कांग्रेस सभापति शेरबहादुर देउवासग असन्तुष्ट नेताहरुको बैठक पार्टी कार्यलय बिपिनगर सानेपामा बसेको छ ।
सभापति शेरबहादुर देउवाले नेता विष्णु पौडेललाई विधानविपरित नवलपरासी जिल्लाको सभापतिमा मनोनयन गरे पछी उक्त बिषयमा छलफल गर्न बैठक बसेको हो ।
महामन्त्री डा शशाङ्क कोइरालासहितको पार्टी नेताहरुको टोलिले शभापती देउबालाई भेटेर उक्त निर्णय सच्याउन आग्रह गर्ने र शभापती देउबाको निर्णयप्रती औपचारिक असहमती ब्यक्त गर्ने निष्कर्ष सहित बैठक टुङ्गिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
सभापति देउवाले कांग्रेस नवलपरासीका कार्यबाहक सभापति अर्जुन पोखरेललाई बर्खास्त गरेर विष्णु पौडेललाई सभापति तोकेपछी उक्त निर्णय पार्टी बिधान बिपरित भन्दै सभापति देउवासग असन्तुष्ट नेताहरुले असहमती ब्यक्त गरिरहेका छन ।








