बलात्कार मुद्दामा अनेरास्ववियुका नेता राईलाई अदालतले तोक्यो ८ वर्ष जेल सजाय



काठमाडौ जिल्ला अदालतले अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ

।तेसैगरी अदालतको आदेश अनुसार राइले १ लाख ५० हजार क्षतिपुर्ति पनि भराउनुपर्ने भएको छ ।

राईलाई गत तिहारमा देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेको आरोपमाथि मुद्दा चलिरहेको थियो ।

जिल्ला अदालत काठमाडौमा चलिरहेको मुद्दामा न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले दोषी ठहर गरे बमोजिम बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जनाकारी दिए ।

 

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  ८ : ०९ बजे