अष्ट्रेलियामा गृहमन्त्रीलाईनै कोरोना भाइरसको संक्रमण



अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि कोराना भाइरसबाट संक्रमित भएका छन् । शुक्रबार गृहमन्त्री पिटरलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।त्याहाको गृह मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्री पिटर शुक्रबार बिहान उठ्‍ने बित्तिकै शरीरको तापक्रम बढेको र घाँटी दुखेको थियो । पछि उनको कोरोना जाँच गर्दा कोभिड-१९ भएको पुष्टि गरिएको हो ।”

संक्रमण भएको पुष्टि भएलगत्तै उनी अस्पताल भर्ना भएका छन् ।

बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

अष्ट्रेलियामा कोरोना संक्रमण हुने डटन पहिलो ब्यक्ती हुन् ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  ९ : ०६ बजे