प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटार फर्किएपछी उनलाई सत्तारुढ नेकपाका अर्का अध्यक्ष प्रचण्डले भेटेका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले स्वास्थ्य स्थितिबारे जानकारी दिएका छन् ।
उनले मिर्गौलाको सफल प्रत्यारोपणका लागि बधाई दिनुका साथै स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओली शुक्रबारमात्र अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो ।








