नोबेल कोरोना भाईस बारे डडेल्धुरा सदरमुकाममा सचेतना गराईएको छ। नोबेल कोरोना भाईस बाट बाच्न, बचाउन सकिने उपाय, लक्षणहरु बारे जनचेतना मुलका ¥यालीको आयोजना गरि सचेतना गरिएको हो। जिल्ला सदरमुकाम तुफानडाडा, बागबजार क्षेत्रमा आईतबार दिउसो सामाजिक क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) र जेसिस डडेल्धुराले चेतना मुलक ¥याली निकालेको थियो।
¥यालीमा सहभागी सबैले मास्कको प्रयोग गरेका थिए। भने बिश्व व्यापी रुपमा फैलिरहेको कोभिड–१९ भाईरस बाट आफु पनि बच्न र अरु लाई पनि बचाउन रोकथामका उपायहरु अपनाऔ, हात नमिलाऔ, नमस्कार गरौ लेखिएको ब्यानर बोकेर स्थानिय लाई सचेतना गरिएको थियो।
ब्यानरमै सर्वसाधाराणका लागी जनचेतना मुलक सन्देश भन्दै नोबेल कोरोना भाईरसका मुख्य लक्षणहरु १०४.४ डिग्री फरेनाईट भन्दा माथि ज्वरो आउनु, श्वास प्रश्वसमा अत्यधिक समस्या, रुघा र खोकी समावेस गरिएको थियो। कोरोना भाईरस प्रभावित देश बाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघा खोकी लागेमा, ज्वरो आएमा, घाँटी÷टाउको दुखेमा, श्वास प्रश्वासमा अत्यधिक समस्या भएमा, तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने समेत ब्यानरमा उल्लेख गरिएको थियो।
यस्तै नोबेल कोरोना भाईरस बाट आफु र अरुलाई समेत बचनउन नियमित रुपमा साबुन पानिले हात धुने, खोक्दा हाछ्युं गर्दा नाक मुख छोप्ने, यदी फ्लु जस्तो लक्षण देखिएमा चिकित्सक संग परामर्स लिने, फ्लु जस्तो लक्षा देखाउने जो कोहीको सम्पर्क बाट टाढा रहने, जंगली तथा घरेलु पशुपन्छिहरु संग असुरक्षित सम्पर्क बाट टाढा रहने र पशुजन्य मासु÷अण्डा राम्रो संग पाकेको मात्र खाने भन्ने सन्देश लेखिएको ब्यानर बोकी जनचेतनाका लागी सदरमुकाम क्षेत्रमा ¥याली निकालिएको रुडुकका कार्यकारी निर्देशक सरस्वती खड्काले बताईन।
चैत्र ३, २०७६ सोमबार
0
Shares










