डडेलधुरामा कोराना भाईरसको संक्रमण रोक्न रणनिति



विस्वभरी फैलिरहेको कोरना भाईरसको संक्रमणलाई रोक्नका लागि जिल्ला दैविक प्रकोप उदार समिति डडेल्धुराले रणनिति तयार गरेको छ । जिल्ला विपद व्यवस्थापन समिति डडेल्धुराका अध्यक्ष एवं डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको अध्यक्षतामा आईतवार वसेको समितिको वैठकले कोरना भाईरसको संक्रमणलाई रोक्नका लागि विभिन्न निर्णय गरेको हो ।

नेपाल सरकार र सुदुरपश्चिम प्रदेश सरकार संग जानकारी आदान प्रदन गर्ने,जिल्लामा रहेका दुईवटै अस्पतालमा आईसुलेसन वार्ड र क्वारेन्टाईन स्थापना गर्ने , डडेलधुरा स्वास्थ्य कार्यालयले तयार पारेको कोरना भाइरसको रोकथाम एवं प्रतिकार्य कार्ययोजना कार्यान्वयन गर्ने लगायतका निर्णय गरेको छ । यसैगरी हेल्थ डेस्क स्थापनाका लागि स्थानिय तहहरुलाई पनि पत्र पठाइसकेकाले कार्यान्वयनका लागि स्थानिय तहलाई अनुरोध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले वताउँनु भयो। यसैगरी कोरना भाईरस रोकथामका साथै उपचारका लागि स्वास्थ्य कार्यालय डडेल्धुराले विभिन्न कार्ययोजना समेत तयार पारेको छ । जस्मा प्रत्येक स्थानिय तह,अस्पतालमा सम्पर्क व्यक्ती तोक्ने,कोरना भाइरसको व्यवस्थापनका लागि क्वारेनटाईन र आईसुलेसनको व्यवस्थ गर्ने,जिल्ला स्थित विभिन्न सरोकारवाला निकाय संग सहकार्य गर्ने,स्वास्थ्य कर्मीलाई सुरक्षाका सामग्रीका साथै प्रशिक्षण दिईने,जनचेतना ,हेलथ डेस्क स्थापना गर्ने रहेका छन् ।

यसैगरी भिडभाड हुने कार्यक्रम नगर्ने,हेलथ डेस्कका गतिविधिका वारेमा जानकारी गराउनु पर्ने,सुरक्षा कर्मीलाई सचेतना गराउँने,स्थानिय तहका कार्यालयमा कोरना भाईस सन्दर्भ सामग्री राख्नु पर्ने,सबै तहहरुले एक अर्का संग समनवय गर्ने लगायतका कार्ययोजना तयार पारीएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले वताउँनु भयो ।

प्रकाशित मिति : चैत्र ३, २०७६ सोमबार  ६ : ०१ बजे