नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागी साबधानी अपनाउन सबैलाई आग्रह गरेका छन । वरिष्ठ नेता पौडेलले एक बिज्ञप्ती जारी गरी पछिल्लो समय विस्वभरी फैलिरहेको कोरोनाबाट बच्नका लागी साबधानी अपनाउन आग्रह गरेका हुन ।
कोरोनाले आक्रान्त पार्नु अघीनै साबधानी अपनाउन पौडेलले बिज्ञप्तिमार्फत आग्रह गरेका छन ।‘हामी सबैले स्वयमबाट सामाजिक दुरी कायम गर्न शुरु गरौ, म आग्रह गर्न चाहन्छु,‘बरीष्ट नेता पौडेलले बिज्ञप्तिमा भनेका छन ।
नेता पौडेलले काम र कुराकानिका लागी भेटघाट भन्दा टेलिफोन प्रयोग गर्न समेत सबैलाई आग्रह गरेका छन ।
चिनको बुहानबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमण हाल बिश्वब्यापी बनेको छ ।उक्त भाइरसको सङ्क्रमणले पछिल्लो समय युरोप र अमेरिकालाई समस्याग्रस्त बनाएको छ ।
नेपालको छिमेकी देश भारतमा समेत कोरोना भाइरसको सङ्क्रमण बढ्दोदरमा देखिएपछी खुला सिमाना र मानिसहरुको बाक्लो आवताजावतका कारण कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि आउने सक्ने हुनाले बिषेश सतर्कता अपनाउनुपर्ने आवश्यकता महशुस गरिएको छ ।
नेपालमा हाल कोरोना सङ्क्रमणको आधिकारिक पुष्टी भने भएको छैन ।
वरिष्ठ नेता पौडेलको बिज्ञप्ति –









