डडेल्धुरा अमरगढी नगरपालीका ६ का २० जना महिलाहरुलाई लुगा सिलाई मेशीन वितरण गरिएको छ । तिन महिना सम्म लुगा सिलाई तालिमको तालिम दिनुका साथै तालिममा सहभागि २० जना महिलाहरुलाई सिलाई कटाई मेशीन हस्तान्तरण गरिएको हो ।
अमरगढी नगरपालीका वडा नम्वर ६ मा संचालन भएको तिन महिने सिलाईकटाई तालिम वुधवार सम्पन्न भएको छ । अमरगढी नगरपालीका वडा नम्वर ६ का स्थानिय महिलाहरुलाई स्वरोजगार वनाउँने उदेश्यले संचालन भएको सिलाई कटाई तालिममा २० जना महिलाको सहभागिता रहेको थियो ।
वडा नम्वर ६ का विभिन्न गाउँका महिलाहरुको सहभागिता रहेको यस तालिमको समापन कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय डडेल्धुराका प्रमुख गणेश राज भट्ले तालिममा सिकेको सिपलाई व्यवहारमा कार्यान्वयन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । ‘देशमा वेरोजगारी वढ्दै गएका समयमा पाएको सिपले उद्मी वन्नका लागि सहयोग पुगाएको छ ।,’प्रमुख भटट्ले भने ।‘तालिमलाई तालिममा मात्रै सिमित नराखी जिवनमा दैनिक जिवनमा लागु गर्नु होस्,जस्वाट आम्दानी गर्न सकियोस् ।
’वडा नम्वर ६ साईन नेपाल धनगढी कैलालीको आयोजनामा तिन महिने सिलाई कटाई तालिम दिइएको थियो । संस्थाका अध्यक्ष भक्तराज जोशीको अध्यक्षतामा आयोजित समापन कार्यक्रम लाई वडा नम्वर ६ का वडा अध्यक्ष सहित समाज सेवी देवकी भटट् सहितका विभिन्न वक्ताहरुले शुभकामना दिनु भएको थियो ।
समापन कार्यक्रममा वोल्दै तालिममा सहभागिहरुले तालिम वाट चुलो चौकोमा सिमित हुने महिलालाई व्यवसायीक वनाएकोमा सहयोगी संस्थालाई धन्यवा दिएका थिए । अव आफुहरु कसैको भर नपरी आत्मनिर्भर वनेको समेत सहभागिहरुले वताएका थिए । सहभागिहरुलाई प्रमाण पत्र समेत दिइएको थियो ।










