त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासलाई ध्यानमा राख्दै सम्पूर्ण पठनपाठन बन्द गर्नुका साथै हाललाई परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै विश्वविद्यालयले अनिश्चितकालसम्मका लागि पठन पाठन र यसअघि तय भएका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार व्यवस्थापन संकाय त्रिवि अन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तह सेमेस्टर प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा शुक्रबारदेखि लागू हुने गरी अनिश्चितकालसम्मका लागि स्थगित गरिएको बताइएको छ । विश्वविद्यालयका डीन प्राडा डिल्लीराज शर्माले जारी गरेको सूचनामा परीक्षा स्थगन गर्ने निर्णय गरेको उल्लेख छ ।








